शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS : कोशीमा कांग्रेसको भङ्गालो फाट्दा केन्द्रीय समीकरण सङ्कटमा, नेपालमा मोदी

दैनिक नेपाल २०८० असोज २५ गते २२:०७

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसभित्रको चरम आन्तरिक विवाद सतहमै छताछुल्ल भएको छ ।

आज कोशी प्रदेशका संस्थापनइतरका सांसदहरूले पार्टी निर्णयविरुद्ध नेकपा एमालेसँग मिलेर सरकार बनाउने निर्णयमा पुगेसँगै कांग्रेसभित्रको विवाद छताछुल्ल बनेको हो । त्यतिमात्र होइन यो तहको विवादले पार्टीलाई फुटको संघारमा पुर्‍याउनेदेखि केन्द्रीय सत्तासमीकरणमा समेत गम्भीर प्रभाव पार्ने आंकलनहरू सुरू भएको छ ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिना कुनै जानकारी नेपालको भूमिमा आएर खुलेआम घुम्ने र तपस्या गर्नेसम्मको हर्कत गर्न थालेपछि देशव्यापी आलोचना सुरू भएको छ । भारतीय हेपाहा प्रवृत्तिका अघि नेपाल सरकार निरीह भएको भनेर समेत आलोचना सुरू भएको छ ।

यो विषयमा संसदमा समेत जानकारी र जवाफ माग गरिरहँदा सरकारले भने कुनै जवाफ दिएको छैन ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित