
जनकपुर, २५ असोज । नेकपा एमाले मधेश प्रदेशका सचिव एवम् बाराको जीतपुरसिमरा उपमहानगरका पूर्वमेयर डा.कृष्ण पौडेल मृत भेटिएका छन् ।
४८ वर्षका पौडेल आज दिउँसो आफ्नै घरमा मृत फेला परेका हुन् । पौडेलको निधनका कारण मधेश प्रदेशको जारी प्रथम अधिवेशनको बन्द सत्र स्थगित गरिएको छ ।
केही समय अघि देखि विभिन्न रोगले चापेका पौडेल स्वास्थ्यका कारण अधिवेशनमा सहभागी भएका थिएनन् । यद्यपि, घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिएको बताइएको छ ।













प्रतिक्रिया