
काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले देश सपार्ने र बिगार्ने कुरा राजाको हातमा नहुने बताएका छन् ।
पार्टीको प्रवासी नेपाली संघ, भारत केन्द्रीय समितिको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हिजो बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सपार्ने र बिगार्ने कुरा राजाको हातमा नहुने भन्दै राजतन्त्र चाहियो भन्नुको कुनै अर्थ नभएको बताएका हुन् ।
निरङ्कुश राजतन्त्र सम्भव नभएको तथा सेरेमोनियलले देश नबनाउने भन्दै उनले कुरा नबुझेका, स्वार्थी, लोभीपापी र चाकरका सन्तानले मात्र राजा चाहियो भनिरहेको विचार व्यक्त गरेका छन् ।

यस्तै, उनले प्रवासी नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुहुँदै अध्यक्ष ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा प्रवासी नेपालीको योगदान महत्वपूर्ण रहेको बताउँदै तीव्र विकास र समृद्धिको अबको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
बैठकमा प्रवासी नेपाली संघ, भारतका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्यहरू र भारतका विभिन्न राज्यबाट आउनुभएका ६० जनाभन्दा बढी प्रवासी नेपालीहरू तीन दिन पार्टी स्कुलमा सहभागी रहनेछन् ।













प्रतिक्रिया