
काठमाडौं, २५ असोज । विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो चरणको खेलमा नेपाल र लाओस बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुबै टीम १–१ को बराबरी रोकिएका हुन् ।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइने छ । एसियाली टोलीहरु मध्यको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् ।
नेपाल र लाओस बीचको दोस्रो खेल असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।













प्रतिक्रिया