२८ आश्विन २०८३, बुधबार

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा आक्रमण (फोटोहरू)

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । झापामा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत सहभागी कार्यक्रम आक्रमण भएको छ ।

आक्रमणका क्रममा कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले नेता तथा कार्यकर्ताको गाडी फुटाइएको छ ।

पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको बताइएको छ ।

महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड गरिएको छ ।

तस्वीरहरू प्रदीप परियारको फेसबुकबाट