
काठमाडौं, २५ असोज । बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालको आममाफीविरूद्व परेको रिट हेर्न नमिल्नेमा परेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा परेको मुद्वा हेर्न नमिल्नेमा परेको हो । चेतन मानन्धरको हत्या आरोपमा रिगललाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
गत संविधानसभा दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
मुद्वाको अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।















प्रतिक्रिया