
काठमाडौं, २४ असोज । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुन: जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
महिला अधिकारकर्मीहरूले रिगललाई पुन: कारगार पठाउनुपर्ने माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् ।
महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको मर्म विपरित निर्णय गरेको भन्दै प्रदर्शनमा उत्रिन बाध्य भएको बताइन् । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भइ जेल परेका थिए ।
रिगललाई सरकारले संविधान दिवसको अवसरमा यसै महिना कारागारबाट मुक्त गरेको थियो ।















प्रतिक्रिया