८ कार्तिक २०८३, आइतबार

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ असोज । भरतपुर महानगरपालिका-७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाई पक्राउ परेका छन् ।

उनलाई प्रहरीले साधुको भेषमा पक्राउ गरेको हो । उनलाई साधु बनेर बसेको मन्दिरबाटै सोमबार साँझ पक्राउ गरिएको हो ।

नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या पश्चात कानमा लगाएको गरगहनासमेत लुटी फरार भएका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढी पीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।