
काठमाडौं, २४ असोज । युद्वग्रस्त इजरायलबाट पहिलो चरणमा २५० जनालाई स्वदेश फर्काइने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै आज राति जाने जहाजले २५० जनालाई स्वदेश ल्याउने जानकारी दिएको हो । हालसम्म २८८ जना स्वदेश फर्किन इच्छा देखाएका मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
जहाजमा २५० जनामात्रै क्षमता भएकाले पहिलो चरणमा २५० जनालाई मात्रै ल्याइने भएको हो । मृत्यु भएका दश जनाको शव ल्याउन पनि पहल भइरहेको उनले जानकारी दिइन् ।
बेपत्ता रहेका विपिन जोशीको खोजी भइरहेका उनले जानकारी दिइन् । यस्तै, घाइते चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका पनि जानकारी दिइएको छ ।















प्रतिक्रिया