८ कार्तिक २०८३, आइतबार

नेपालीलाई लिन आज राति नेपाल एयरलाइन्स इजरायल जाँदै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । युद्वग्रस्त इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ ।

आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायका लागि उड्ने तय भएको छ । जहाज दुबईमा ट्रान्जिट गरी इजरायल जान लागेको हो ।

यसअघि इजरायलले हवाई रूट नदिँदा जहाज उद्वारका लागि जान सकेको थिएन ।

इजरायल सरकारले रूट उपलब्ध गराएलगत्तै जहाज आज जान लागेको हो । स्वदेश फर्किनका लागि ३ सय ५० जनाले दूतावासमा विवरण उपलब्ध गराएका छन् ।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन्। यस्तै एकजना बेपत्ता छन् ।