
दाङ, २४ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत मंगलबार दाङको तुलसीपुरस्थित मदनआश्रीत चोकमा कार्यक्रम राखेको थियो ।
कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने तय भएको थियो । तर अध्यक्ष नेपाल र नेता खनालले भाषण नै नगरी कोहलपुर गए ।
उनीहरू भाषण नै नगरी कोहलपुर लाग्नुको कारण अरू केही नभई सुन्ने मान्छे नै नभएर हो । जब उनीहरूको भाषण गर्ने समय भयो भाषण सुन्न मान्छे नै भएनन् ।
पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मात्रै मानिसहरू रहेका थिए । जसले गर्दा उनीहरू भाषण नै नगरी कोहलपुर लागेका हुन् ।















प्रतिक्रिया