२७ कार्तिक २०८३, शुक्रबार

इजरायल र हमासबीचको युद्धको आज पाँचौँ दिन, हालसम्म २१ सय जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । इजरायल र हमासबीचको युद्धको आज पाँचौँ दिन पनि युद्ध जारी रहेको छ ।

इजरायलले गाजामा हमासका करिब २ सय स्थानमा आक्रमण गरेको छ ।

इजरायल र हमासबीचको युद्धमा हालसम्म २१ सय जनाको मृत्यु भइसकेको छ । तीमध्ये करिब १२ सय इजरायली छन् भने ९ सय जना प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।

यसैबीच, इजरायललाई सहयोग गर्न अमेरिकी वायु सेनाको विमान मंगलबार राती बम, बारुदसहित इजरायलको नेभाटिम एयरबेसमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग युद्धको अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

बाइडेनले मंगलबार राति ह्वाइट हाउसबाट सम्बोधन गर्दै अमेरिका इजरायलको साथमा रहेको बताएका थिए । उनले इजरायललाई युद्धमा आक्रमणको जवाफ दिने अधिकार रहेको समेत उल्लेख गरेका थिए ।