
काठमाडौं, २४ असोज । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा भएको हमास आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मञ्चको सचिवालय बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिपरिवार एक लाख रुपैयाँको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ‘दक्षिणी इजरायलको किबुजमा गत ७ अक्टोबरमा प्यालेस्टानी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० जना नेपाली विद्यार्थीहरुको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँको दरले जम्मा १० लाख रुपैया सिंगो प्रवासी नेपाली मञ्च परिवारको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’ बैठकपछि मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
मञ्चले इजरायलमा भएको घटनाबाट देश र परिवारमा भएको अपुरणीय क्षतीलाई बेहोर्न नसकिएता पनि सानो सहयोगले पनि परिवारको पीडामा मलमपट्टी लगाउने विश्वास लिएको छ ।












प्रतिक्रिया