शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS: घर फर्कन इजरायलबाट दुईसय बढीले दिए आवेदन, जहाज ‘स्ट्याण्डबाई’

दैनिक नेपाल २०८० असोज २३ गते २०:२४

काठमाडौं, २३ असोज । सरकारले युद्वग्रस्त इजरायलबाट स्वदेश फर्किन चाहनेका लागि दुईवटा जहाज ‘स्ट्यान्डबाई’ राखिएको जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन् ।

मन्त्री साउदले स्वदेश फर्किनका लागि हालसम्म २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी पनि गराएका छन् ।

उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको, ४ जनाको उपचार भइरहेको र एकजना बेपत्ता रहेको पनि जानकारी दिए ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित