८ कार्तिक २०८३, आइतबार

भेपमा सुन तस्करी प्रकरण: सीआईबीले दोस्रो पटक बुझायो अनुसन्धान प्रतिवेदन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दोस्रो पटक अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

यसअघि सीआईबीले आइतबार रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा माओवादी नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउनु नपर्ने उल्लेख गरिएको छ भने महराका छोरा राहुल महरासहित चारजनालाई भने प्रतिवादी बनाउन राय दिएको छ । राहुल, दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै सीआईबीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।

तर सरकारी वकिलको कार्यालयले बयान नपुगेको भन्दै फिर्ता गरिदिएपछि आज दोस्रो पटक प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन प्राप्त भएसँगै सरकारी वकिलले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।