२८ आश्विन २०८३, बुधबार

सुन्धारामा मृत भेटिइन् १७ वर्षीया किशोरी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला परेकी छिन् ।

प्रहरीको अनुसार सुन्धारास्थित किशोरी श्रीगुरु गेस्ट हाउसमा भूमिका राउत मृत फेला परेकी हन् ।

भूमिका राउत उक्त गेस्ट हाउसमा आफ्नो प्रेमीसँग असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले बयानमा आइतबार पैसा सकिएर आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा नीता कोठामा मृत भेटिएको बताएका छन् ।

प्रहरीले घटनास्थलमा विषको बट्टा फेला पारेको छ । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।