७ कार्तिक २०८३, शनिबार

इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभियो: प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा संगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको भन्दै सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिक देशको सर्वाङ्गीण विकासको आधार भएकाले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्‍याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

सबै नागरिकको मानसिक स्वास्थ्यका लागि मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको प्रधानमन्त्रीले जानकारी दिए ।

उनले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवद्र्वन गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक रहेको जिकिर गरे ।