७ कार्तिक २०८३, शनिबार

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए।

मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ।

धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।