७ कार्तिक २०८३, शनिबार

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट हालसम्म ५५ नेपालीको उद्धार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । युद्वग्रस्त इजरायलको जोखिम क्षेत्रबाट हालसम्म ५५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरूलाई खतरा बाहिरको क्षेत्रमा राखिएको छ ।

विभिन्न स्थानका बंकरमा रहेका उनीहरूलाई इजरायली सेनाले उद्वार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । उद्वार गरिएकामा अधिकांश विद्यार्थी रहेका छन् ।

पाँचजना भने अझै पनि युद्वग्रस्त क्षेत्रमै बंकरमै रहेका बताइएको छ । उनीहरूको उद्वार प्रयास भइरहेको दूतावासले जानकारी दिएको छ ।

हमासको आक्रमण परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै चारजना घाइते भएका छन् भने एकजना बेपत्ता छन् ।