२७ कार्तिक २०८३, शुक्रबार

गलत अर्थ लाग्ने गरी बनाइएको भिडिओप्रति रघुजी पन्तको गम्भीर आपत्ति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्तले बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुरालाई काँट‌छाँट गरी गलत अर्थ लाग्ने गरी बनाइएको भिडिओप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै सांसद पन्तले इजरायलमा नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा परी मारिएको समाचार आउनु भन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टिकटक, यूट्युब लगायतमा राखेर केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुरा लाई काँट‌छाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरु तत्काल हटाउन माग गर्दछु । यस्तो काम गलत भएकोले यस्ता भिडिओ बना‌एर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु ।’ सांसद पन्तले भनेका छन् ।

उनले आफ्नो भनाइलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिको भावनामा चोट पर्न गएको उल्लेख गर्दै त्यसप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

उनले कसैलाई पनि चोट पुर्‍याउने  आशय नभएको स्पष्ट पारेका छन् । सांसद पन्तले एक नेपालीले अर्को नेपालीको दु:खमा सह‌भागिता जनाएर पीडामा मलम लगाउनु पर्ने र यस्तो संवेदनशील घडीमा व्यक्तिका भनाइहरुलाई घुमाएर प्रस्तुत गरी अमानवीय कार्य कसैले पनि गर्न नहुने उल्लखे गर्दै त्यस्ता भिडिओहरु तत्काल हटाउन माग गरेका छन् ।

यसैगरी, सांसद पन्तले इजरायल घटनामा परी मारिएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारका सबै सदस्यहरूमा गहिरो समवेदना व्यक्त गरेका छन् । सांसद पन्तले सरकारले तदारुकताका साथ इजरायनमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्नुपर्ने र मारिएका नेपालीको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थाल्नुपर्ने समेत बताएका छन् ।