२७ कार्तिक २०८३, शुक्रबार

आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

मन्त्रिपरिषद् बैठकले मृतक विद्यार्थीका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।