
काठमाडौं, २२ असोज । नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी पनि अहिले युद्दग्रस्त इजरायलमा छिन् । उनी हापोइल रानाना क्लबबाट इजरेली प्रिमियर लिग खेल्न गत साउनमा इजरायल गएकी थिइन्।
केही दिनयता इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण सुरू गरेपछि अधिकांश नेपाली प्रभावित भएका छन् । दश जना नेपालीले भने ज्यान नै गुमाएका छन् ।
यसैबीच, सम्बाले आफू सुरक्षित रहेको सन्देश पठाएकी छिन् । यसअघि आफू क्लबले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएकामा युद्द सुरू भएपछि भने इजरायलस्थित नेपाली दूतावासका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बसिरहेको र सुरक्षित रहेको जानकारी दिएकी हुन् ।
उनले आफू नेपाल आउने कोशिशमा रहेको तर उडान नहुँदा आउन नसकेको बताएकी छिन् । न्।















प्रतिक्रिया