
काठमाडौं, २२ असोज । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा अप्ठेरोमा परेका नेपालीहरूलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका छन् ।
आज सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दूतावासमार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरूलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका हुन् ।
नेपाललाई विकास र समृद्धि बनाउन सके रोजगार वा शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नआउने र विदेशमा हुने विभिन्न घटनामा नेपालीहरूले अनाहकमा ज्यान गुमाउने अवस्था नआउने उनले बताए ।
उनले नेपालमा नै राम्रो शिक्षाको व्यवस्था गर्न सरकारले विकास र समृद्धिमा जोड दिएको धारणा व्यक्त गरे ।
उनले देशमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गरेमात्रै मुलुकमा सुशासन कायम हुने भन्दै यसका लागि सबैले योगदान गर्नुपर्ने बताए ।













प्रतिक्रिया