२८ आश्विन २०८३, बुधबार

इजरायलमा १० नेपालीको मृत्यु : सरकारद्वारा भोलि राष्ट्रिय शोक घोषणा

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमाथि गरेको रकेट आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भए पनि बैठकले निर्णय नगरेको सरकारी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको उनको भनाइ छ ।

(*यसअघि राष्ट्रिय शोक घोषणा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।*)