
काठमाडौं, २२ असोज । राजनीतिक दलसहित बैंक तथा वित्तिय संस्थाविरूद्व उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ ।
राजनीतिक दलका नेता तथा बैंक तथा वित्तिय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्नुपर्ने अभिव्यक्ति दिँदै आएका प्रसाईँमाथि नै कालोमोसो दलिएको हो ।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ नै घोषणा गरेका थिए।
उनलाई काठमाडौंको होटेल एल्लो प्यागोडामा केही युवाको समूहले कालोमोसो दलेको हो । पछिल्लो समय उनी राजनीतिक दलको विकल्प र व्यवस्थाको विकल्पमा नै अभियानमा सक्रिय रहेका थिए।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा लगेर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
प्रसाईँलाई युवासंघका नेता कार्यकर्ताले उनलाई कालोमोसो दलेको बताइएको छ । तर हालसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया