
काठमाडौं, २२ असोज । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्नुपर्ने भन्दै शीतल निवास अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरूपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका थिए ।
सो क्रममा प्रहरीले मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी लगायतलाई नियन्त्रणमा लिएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरुले न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहाको घोषणा किन ? लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइदैँन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया