२८ आश्विन २०८३, बुधबार

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा मलेसियाबाट हरि भट्टराईको उम्मेदवारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा मलेसियाबाट हरिप्रसाद भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि एनआरएनएको अभियानमा रहेर काम गरेका भट्टराईले एनआरएनएको आसन्न ११औँ महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

भट्टराई सन् २००७ देखि एनसीसी मलेसियाको सदस्य, २०१९ सम्म एनसीसी मलेसियाको सल्लाहकार र २०१९-२१ मा एनसीसी मलेसियाको अध्यक्ष भएर काम गरिसकेका छन् ।

यसैगरी भट्टराईले २०२१-२३ मा एसिया प्यासिफिक उपसंयोजक भएर पनि काम गरेका छन् ।

भट्टराईले अग्रजहरुको सल्लाह सुझाव तथा एनसीसी मलेसियाको निर्णयलाई मध्यनजर गर्दै आफूले आगामी कार्यकालका लागि उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय संयोजक भएर गैरआवासीय नेपालीहरुको हकहितका लागि काम गर्न विगतमा पाएको साथ र समर्थन यसपटक पनि पाउने विश्वास व्यक्त गरेका छन् ।