
काठमाडौं, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीहरूको अवस्थाकाबारेमा जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर नेपालीहरूको अवस्थाकाबारेमा जानकारी लिएका हुन् । राष्ट्रपति पौडेलले नेपालीहरूलाई यथाशिघ्र स्वदेश फर्काउन निर्देशनसमेत दिएका छन् ।
यस्तै हमासको आक्रमणमा परेर निधन भएकाहरूप्रति श्रद्वाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूती प्रकटसमेत गरेका छन् ।
यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन पनि राष्ट्रपतिले सरकारको ध्यानाकर्षण गराएका छन् ।















प्रतिक्रिया