२७ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकको ठक्करबाट गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु (अपडेट)

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ असोज । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा-१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एकजना साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री हेटौंडा-१७ हटिया बस्ने ५० वर्षीय धर्मराज पौडेल गम्भीर घाइते भएका थिए ।

उनको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ९ः२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट पौडेलको टाउकोमा गम्भीर चोट लागेको थियो । पौडेललाई हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन रिफर गरिएको थियो ।

पौडेललाई ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।