शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज २२ गते १०:२९

काठमाडौं, २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको वर्तमान अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रहेका पोखरेलले अक्टोवरमा हुन लागेको संघको ११औँ महाधिवेशनमा सचिव उमेदवारी दिने घोषणा गरेका हुन् ।

सन् २००८ देखि एनआरएनए अभियानमा सक्रिय पोखरेल २०१५-१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष थिए भने ०१७-१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए । त्यसपछि सन् २०१९/२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे ।

संघलाई नजिकबाट बुझेको र हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने पोखरेलले बताए । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको पोखरेलको भनाइ छ ।

नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ संस्थामा जिम्मेवारी लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ ।

पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन् ।

अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुगेका थिए । परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हुन् । पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुनी परामर्शमा वर्षौदेखी व्यवसाय गरिरहेका छन् ।

पोखरेलले आफू यस अभियानमा केही योगदान दिन आएकाले आफूलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपाली र ओसेनिया क्षेत्रका मतदातालाईलाई विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित