
मकवानपुर, २२ असोज । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा-१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट एकजना साइकल यात्री गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री हेटौंडा-१७ हटिया बस्ने ५० वर्षीय धर्मराज पौडेल गम्भीर घाइते भएका हुन् ।
पौडेलको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पौडेललाई हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया