शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

अमेरिकामा पनि मनाइयो इन्द्र जात्रा (फोटो फिचर)

विजय थापा २०८० असोज २१ गते २१:२४

अमेरिका, २१ असोज । अमेरिकाको मेरिल्याण्डमा अमेरिकामै निर्माण गरिएको कुमारीसहितको रथमा राखेर सफलतापूर्वक वर्ष २०२३ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको छ ।

यो वर्ष समेत गरेर पाँचौं पटक नेवा: अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले कुमारी सहितको रथ तानेर नेपाली समुदायलाई नेपाल कै झझल्को गराई दिएको छ । नेपाली समुदाय इन्द्र जात्रा मनाउन र रथ तान्न अमेरिकाका विभिन्न राज्यहरूबाट पनि आएका थिए ।

डीसी महानगर क्षेत्रमा २२ वर्षअगाडि नेवा समुदायद्वारा भाषा, संस्कृति तथा कलालाई जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेवा: अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले एघारौँ इन्द्र जात्रा केही नयाँ प्रस्तुति गर्दै भव्यताको साथ सम्पन्न गर्न सफल भएको हो ।

कार्यक्रममा अतिथिको रुपमा नेपाली दूताबासबाट उत्तम घिमिरे, विदेशी पाहुना यि शेन, मोन्टगोमेरी काउन्टीका बिधान सभा सदस्य ग्रेग विम्स रहेका थिए । श्रेष्ठले नेवा समुदायले बिदेशमा पनि भाषा, संस्कृति र कला को जगेर्ना गर्न नेवा समुदायको ठूलो भूमिका रहेको बताए । संस्थाले गरेको कामको प्रशंसा गर्दै उनले धन्यवाद समेत दिएका छन् ।

यसैगरी, मेरिल्याण्ड मन्टगोमेरी काउन्टीका नगर परिषद प्रतिनिधिले एनओएले नेपाली समुदायमा खेलेको भूमिकाको सराहना गर्दै काउन्टीको तर्फबाट सम्मानपत्र हस्तान्तरण गरेका थिए । उक्त सम्मान पत्र अध्यक्ष महिन्द्र प्रधानले लिएका थिए ।

इन्द्र जात्राको बारेमा यज्ञ मान शाक्यले प्रकाश परेका थिए । यस वर्ष कुमारी नृत्यमा लुजला रंजित, समिधि श्रेष्ठ तथा शुभ श्रेष्ठले प्रस्तुति गरेका थिए । स्वागतम नृत्यको प्रस्तुति वेद कर्मा श्रेष्ठ, याभी उपाध्याय तथा आदित्य शाक्यले गरेका थिए ।

यस वर्षको नया प्रस्तुतिमा ख्याक नृत्य समेटिएको थियो भने उक्त प्रस्तुति जिम श्रेष्ठ तथा सुमन शाक्यले गरेका थिए । प्रस्तुतिहरू पछि लाखे तथा झ्याल्निचा नृत्य प्रस्तुति गरिएको थियो । झ्याल्निचा नृत्य प्रस्तुति नयाँ प्रस्तुति रहेको थियो भने उक्त नृत्यलाई सुबम बो, सुबिभ सुवाल, सौभी सुवाल, अविरल महर्जन तथा आदित्य शाक्यले बेजोड प्रस्तुति गरेका थिए ।

कार्यकम पश्च्यात इन्द्र जात्रामा कुमारी रथ, लाखे र पुलुकिसी (सेतो हात्ती) को प्रस्तुति रहेको थियो । यस वर्ष कुमारीको प्रस्तुतिमा जास्मिन कायस्त रहेकी थिइन् । उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरूलाई नि:शुल्क खुवाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित