
काठमाडौं, २१ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा नचलाउने भएको छ ।
विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा उनलाई मुद्दा चलाउन नपर्ने निष्कर्ष सीआईबीले निकालेको हो ।
तर, उनका छोरा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ ।
सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको हो ।













प्रतिक्रिया