२८ आश्विन २०८३, बुधबार

इजरायलमा नेपाली कङ्कटमा पर्दा पनि सरकार संवेदनशील बन्न सकेन : शंकर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ असोज । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले इजरायलमा नेपालीहरू कङ्कटमा पर्दा पनि सरकार संवेदनशील बन्न नसकेको बताएका छन् ।

आज आइतबार एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी लिन नसकेको भन्दै उक्त घटनामा सरकार बेखबर जस्तै बनेको बताएका हुन् ।

वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील बन्नै नसकेको बताउँदै भने, ‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणको शिकार भएका छन्, उनीहरुको नियन्त्रणमा छन् तर सरकार आफ्ना नागरिक के कस्तो अवस्था छन् भन्ने कुरामा बेखबरजस्तै छ । यो सरकार नेपाली जनता र नेपाली नागरिकप्रति संवेदनशील छैन भन्ने यसैबाट पुष्टि हुन्छ ।’

प्रधानमन्त्री प्रचण्ड नेपाली जनताका लागि नभइ विदेशीका लागि कम्फरटेवल भएको आरोप समेत उनले लगाएका छन् ।