७ कार्तिक २०८३, शनिबार

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल पक्राउ परेका छन् ।

चलचित्र ‘प्रसाद २’ को विवादमा उनी पक्राउ परेका हुन् । चलचित्र डिजिटल राइटको विवादमा ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाल पक्राउ परेका हुन् ।

अग्रवालको ओएसआर डिजिटलले ‘प्रसाद २’को युट्युब राइट्स खरिद गरेको थियो । डिजिटल राइट्सकै विषयमा विवाद भएपछि निर्माताले अग्रवालविरुद्ध उजुरी दिएका थिए ।

अहिले उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।

उनलाई आजै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।