शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

युद्धग्रस्त इजरायलमा तीनजना नेपाली बेपत्ता, नौ जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर

दैनिक नेपाल २०८० असोज २१ गते ११:४६

काठमाडौं, २१ असोज । युद्दग्रस्त इजरायलमा तीनजना नेपाली बेपत्ता भएका छन् ।

इजरायलमा शनिबार बिहानबाट प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको लडाइँ जारी छ । युद्द सुरू भएपछि तीनजना बेपत्ता भएका हुन् ।

नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए।

तीमध्ये ९ जना घाइते भएका छन्। अन्य ५ जनाको सकुशल उद्धार गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित