शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: कोशीमा मध्यावधिको त्रास, संघमा सत्तारुढबाटै प्रधानमन्त्रीको राजीनामा माग

दैनिक नेपाल २०८० असोज २० गते २२:१३

काठमाडौं, २० असोज । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा भइरहेको सरकार बनाउने र गिराउने खेल अब अन्तिम चरणमा पुगेको छ ।

आज शनिबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजीनामा दिएसँगै कोशीमा अब सरकार गठन गर्ने अन्तिम विकल्प अर्थात् संविधानको धारा १६८ को उपधारा ५ मा प्रवेश गरेको छ । यो धारा अनुसार गठन हुने आगामी सरकारले पनि विश्वासको मत पाउने स्पष्ट आधार अहिलेनै नदेखिएकाले अब कोशी प्रदेश मध्यावधि निर्वाचनतर्फ जाने हो कि भन्ने आम चासो चिन्ता छ ।

यस्तै, संघीय सरकारको विभिन्न गतिविधिहरूबाट प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नै असन्तुष्ट बन्दै गएको छ । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले त आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान सरकारका कारण देश गलत बाटोतर्फ गइरहेकाले तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित