
काठमाडौं, २० असोज । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपाली पनि परेका आशंका गरिएको छ ।
गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भइसकेको छ भने हजार बढी घाइते भएका छन् । घाइते हुनेमा नेपाली नागरिक पनि रहेका बताइएको छ ।
आक्रमणमा नेपाली पनि परेको आशंकामा परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली रहेका बताइएको छ । यद्यपी समाचारको शतप्रतिशत पुष्टि हुन भने बाँकी छ ।
सिंहदरबारमा बसेको बैठकले सूचनाको पुष्टि खोज्ने र थप कदम चाल्ने निर्णय गरेको छ ।
नेपालबाट गएका विद्यार्थीहरु घाइते भएको सूचना पाएको र एकैछिनपछि विस्तृत बुझेर मन्त्रालयको धारणा सार्वजनिक गर्ने मन्त्री एनपी साउदले बताए ।















प्रतिक्रिया