
काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज शनिबार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको बताइएको छ ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।
अध्यक्ष नेपालले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताए । उनले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको पनि बताएका छन् ।
यस्तै, उनले पछिल्लो समय बढिरहेको सरकारप्रतिको आलोचनाका विषयमा पनि कुराकानी गरेको बताइएको छ । अध्यक्ष नेपालले सरकार ठिक ढंगले अघि बढ्न नसकिरहेकोतर्फ प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको बताए ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया