
काठमाडौं, २० असोज । सत्तारुढ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस शहिदलखन–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले सरकारकै कारण अहिले देश ठिक ठाउँमा नरहेको भन्दै वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुको विकल्प नरहेको बताएका हुन् ।
उनले कांग्रेसले मात्रै मुलुकमा देखिएका अराकताहरूलाई समाप्त गर्न सक्ने दाबी गरेका छन् । देशको प्रधानमन्त्री भएकै व्यक्तिले जातीय राज्यका लागि दुई लाख मान्छे सडकमा उतार्छु भन्नु उचित नरहेको धारणा नेता कोईरालाको छ ।
उनले देशको प्रधानमन्त्रीले ८४ को चुनावमा माओवादीलाई जिताए जातीय राज्य दिन्छु भन्नु विलकुलै तर्कसंगत नरहेको धारणा व्यक्त गरेका छन् ।
नेपाल कुनै पनि जाति विशेष नभएकाले प्रधानमन्त्रीको हैसियतमा बसेका मान्छेबाट जातीय राज्यको वकालत गर्नु गैरजिम्मेवार अभिव्यक्ति भएको उनले बताए ।
हेर्नुहोस् भिडिओ–













प्रतिक्रिया