२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा के–के भयो छलफल ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज शनिबार प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच करिब पौने एक घण्टा कुराकानी भएको थियो ।