
काठमाडौं, २० असोज । नेकपा (एमाले)को प्रथम बागमती अधिवेशनमा अध्यक्ष पदमा पराजित मकवानपुरका कृष्णप्रसाद दाहालले कार्यकर्ताको मूल्याकंन काम गर्यो वा गरेन भन्नेबाट गरिनुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै दाहालले यस्तो बताएका हुन् । उनले नेतृत्वको वरिपरि घुमेको आधारमा मूल्याकंन गर्न नहुने बताएका छन् ।
‘सक्रियता र निस्क्रियता परिभाषित कार्यक्षेत्रमा सम्बन्धित व्यक्ति पुग्यो वा पुगेन, परिभाषित काम गर्यो वा गरेन भन्ने कुरा कार्यकर्ताको मूल्याकंनबाट यकिन गरिनु पर्छ नकि नेतृत्वको वरिपरि घुमेको आधारमा ।’ दाहालले भनेका छन्, ‘यसको अर्थ नेतृत्वप्रति टाढा रहेर पनि आदर र सम्मान गर्नु हरेक कार्यकर्ताको कर्तव्य हाम्रो संस्कार हो र हुनु पर्छ ।’











प्रतिक्रिया