७ कार्तिक २०८३, शनिबार

६० किलो सुन प्रकरणका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । ६० किलो सुन तस्करी प्रकरणका २५ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । एकजनालाई भने धरौटीमा रिहा गरेको छ । भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने पाँच लाख धरौटी माग गरिएको हो।

कारागार चलान हुनेमा चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, ली वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र टियान मी रहेका छन् ।

यस्तै, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठ जेल चलान भएका हुन् ।

कलैया उपमहानगर-१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका भने फरार छिन्।