२८ आश्विन २०८३, बुधबार

मुक्तिनाथ बैंकका ग्राहकलाई सुमेरुमा छुट, जुनसुकै एटीएमबाट नि:शुल्क रकम झिक्न सकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपीडी, आईपीडी र फार्मेसीमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।