२८ आश्विन २०८३, बुधबार

एमाले विचारमा आधारित पार्टी हो, जनताको कुरा सुन्दै अघि बढ्छ : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले विचारमा आधारित पार्टी भएको र जनताको कुरा सुन्दै अघि बढिरहेको बताएका छन् ।

आज शुक्रबार नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले एमाले जनआधारित तर कार्यकर्ता पार्टी भएकाले जनताको कुरा सुन्दै अघि बढ्ने बताएका हुन् ।

एमाले यसै जम्मा भएको बजार नभएको प्रष्ट गर्दै जनताका कुरा सुनेर त्यसको आधारमा एमालले नीति बनाउने र त्यसमा एकताबद्ध हुने ओलीले बताए । एमाले अनुशासनमा बाँधिएर चल्ने पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले यो समाजलाई अझ सुन्दर बनाउनुपर्छ भनेर हिँडेको पनि प्रष्ट गरे । ज्ञान, व्यवहार र आर्थिक अवस्थालाई माथि लैजाने स्पष्ट सोच एमालेको भएको उनको भनाइ छ ।

सुन्दर समाज निर्माणको अभिभारा बोकेका एमाले कार्यकर्ताको व्यवहार, अनुशासन र आचरण उन्नत हुनु पर्नेमा ओलीको जोड छ । ‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन । एमालेसँग मात्रै गन्तव्य छ । अरू कुनै पार्टीसँग छैन,’ अध्यक्ष ओलीले भने । एमाले नयाँ समाज निर्माणका लागि अघि बढेको कुरा बिर्सन नहुने पनि उनले बताएका छन् ।

अरू पार्टी व्यक्तिका स्वार्थ हुन्छ भनेर हिँडेका र एमाले व्यक्तिको स्वार्थ भन्दा समूह र देशको हित ठूलो हो भनेर लागेको उनले प्रष्ट पारे ।