२८ आश्विन २०८३, बुधबार

राजनीतिक स्थिरता र विकासका लागि एमालेलाई बहुमत : ईश्वर पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थिरता र विकासका लागि नेकपा एमाले एक्लैलाई बहुमत आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमार्फत एमालेलाई बहुमत दिनुपर्ने बताएका हुन् ।

एमालेले बहुमत ल्याएर राजनीतिक स्थिरता आउनाका साथै विकास र समृद्धिको अभियानले समेत तीव्रता पाउने चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले इमानदार र अनुशासित कार्यकर्ता बनाउनुपर्नेमा जोड दिएका छन् ।

बाहिर हेर्दा एमाले देखिने तर भित्र खाली हुने स्थिति आउन नहुने भन्दै उनले पार्टीका नेताहरू पार्टीको काममा जोडिनुपर्नेमा जोड दिएका हुन् ।

नेकपा एमाले मिसन २०८४ को कुरा गरिहरेको बताउँदै पोखरेलले मिसन २०८४ सँग मिसन ५१ प्रतिशत पनि जोडिएको बताउँदै उनले २०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको स्पष्ट गरे ।

मुलुकमा राजनीतिक स्थिरता नहुँदा देश विकासको चाहन सफल नभएकोले त्यसको लागि राजनीति स्थिरता आवश्यक रहेको उनले बताए ।