
काठमाडौं, १९ असोज । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले यही असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल असोज २५ गते नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएका हुन् ।
फिफा वरियतामा लाओस १८६औं स्थानमा रहेको छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।
खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली असोज २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
उनले खेलको सम्पूर्ण तयारी अघि बढाईसकिएको र टिकट दर साधारण पारापिटतर्फ ३०० र भीआईपी पारापिटतर्फ ५०० रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको अनुमानित बजेट रू. ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ । लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ ।













प्रतिक्रिया