२८ आश्विन २०८३, बुधबार

गुडिरहेको बसमाथि रुख ढल्दा पाँच जनाको मृत्यु

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, १९ असोज । श्रीलंकामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो ।

दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ ।

क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हठाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।