
काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेपछि माओवादी सांसदले आपत्ति जनाएका छन् ।
शुक्रबारको बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादी सांसद लेखनाथ दाहालले आपत्ति जनाउँदै लिङ्देनले बोलेको रेकर्ड संसदबाट हटाउन माग गरेका हुन् ।
धारणा राख्ने क्रममा लिङ्देनले ‘नेताहरुले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेको बताउनु भयो। उनीहरुलाई निगरानी गर्न भन्नु भयो। राजा ज्ञानेन्द्रले पनि लोकतन्त्र गतिविधि गर्न पाउनु हुन्छ। राजावादीहरूको त्यस्तो के गतिविधि रहेछ, जसले धार्मिक सद्भाव बिथोल्योरु राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको रहेछ ? त्यसबारे हामीले जानकारी पाउनु पर्छ,’ भनेका थिए ।
राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादी सांसद दाहालले आपत्ति जनाउँदै भने, ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’















प्रतिक्रिया