२८ आश्विन २०८३, बुधबार

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई १६६ मतान्तारले पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । ५३१ मत ल्याएर नवराज अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी अधिकारीले ३६५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत प्राप्त गरेका छन् ।

सचिवमा लमजुङका धनन्जय दवाडीले ५२० मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी उम्मेदवार कास्कीका रश्मि आचार्यले ३६७ मत प्राप्त गरे ।

यसैगरी, उपसचिवमा कास्कीका दामबहादुर विकले ४९९ मत ल्याएर निर्वाचित हुँदा प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मत पाए ।

उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत पाइन् ।

सोमबार पोखरामा सुरु भएको गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका चयनका लागि आज बिहीबार मतदान गरिएको थियो ।

मतदानमा ८९६ मत खसेको थियो । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९०६ जना प्रतिनिधि चयन भएका थिए । तर, मतदानमा १० जना प्रतिनिधि (मतदाता) हराएका थिए ।

पदाधिकारीसहित कुल १६२ पदमध्ये २७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।